हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.४ मा मोटरसाइकल दुर्घटना भएको छ । भैरवरोडतर्फबाट चिसापानीतर्फ जाँदै गरेको ना ४८ प २५७८ नम्बरको मोटरसाइकल गएराति साँढे १ बजे आफै अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका वडा नं.८ कमाने बस्ने मोहित खतिवडा घाइते भएका छन् । उनको टाउकोमा चोट लागेर उपचारका लागि हेटौंडा अस्पतालमा ल्याईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सांकेतिक तस्वीर