प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा एक युवकमाथि खुकुरी प्रहार, तामाङ र घिमिरे प्रहरीको नियन्त्रणमा

२०८१ कार्तिक ५, सोमबार २०:४३ बजे

हेटौंडा – मकवानपुर प्रहरीले ज्यान मार्ने उद्योग गरेको आरोपमा दुई जना प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-११ का २९ वर्षीय विशाल तामाङ र १८ वर्षीय सनिस घिमिरे रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उनीहरूले यही कार्तिक ४ गते आइतबार दिउँसो ११ बजेर ३५ मिनेटको सयममा हेटौंडा उपमहानगरपालिका–१ जरुवाटोलका २२ वर्षीय रोनक खड्केलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए । खुकुरी प्रहारबाट उनको टाउँको, अनुहार, गर्दन तथा शरीरका बिभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

आफ्नै कोठामा रहेका बेला मोटरसाइकलमा आएका तीन जनाले अश्लिल शब्द प्रयिग गर्दै ज्यान मार्ने उद्देश्यले धारिलो हतियार खुकुरी प्रहारले खड्केलाई प्रहार गरी फरार भएका मध्ये दुई जनालाई आज(सोमबार)पक्राउ गरिएको मकवानपुर प्रहरीका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जनाकारी दिए ।

पक्राउ परेका तामाङ र घिमिरेलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए । घटनामा तीन जना संलग्न रहेको बताएपनि प्रहरीले थप एक जनाको बारेमा केही खुलाएको छैन ।