प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

१ सय ६० केजी गाँजासहित मकवानपुरबाट एक युवक पक्राउ

२०८१ मंसिर १२, बुधबार २१:०७ बजे

हेटौंडा – त्रिभुवन राजपथको भिमफेदी गाउँपालिका–२ भैंसे चेकप्वाईन्टबाट १ सय ६० किलो गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गोरखाका २८ वर्षीय अमिर मियालाई बुधबार बिहान प्रहरीले गाँजासहित पक्राउ गरेको हो ।

प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ आउँदै गरेको प्र। ३–०१–०२३ च ८०४७ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा लुकाइछिपाइ ल्याएको उक्त परिमाणको गाँजा फेला पारी गाडी चालक अमिरलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक एव प्रवक्ता श्यामु अर्यालले बताए ।

गाडीमा खाली तरकारी बोक्ने क्रेटले छोपेर गाँजा राखेर ल्याइएको थियो । प्लास्टिकले प्याक गरेर ३० वटा पोका बनाएर गाँजा ल्याइएको प्रवक्ता अर्यालले जनाए ।