हेटौंडा – जुम्लाको हिमा गाउँपालिका–१ आचार्य लिहीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
कनकासुन्दरी गाउँपालिका गुठीज्यूलाबाट स्याउ लिएर सुर्खेत आउँदै गरेको बागमती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक वुधबार राति दुर्घटना भएको हो ।
दुर्घटनामा परि ट्रक चालक मकवानपुर निवासी अविनाश लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।
घाइते हुनेमा सहचालक मकवानपुरकै हरि न्यौपाने रहेका छन् । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको छ । उनको टाउकोमा चोट लागेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए।