हेटौंडा – मकवानपुरको थाहा नगरपालिकामा गठबन्धनका उम्मेद्वारहरु विजयी भएका छन् ।
बुधबार बिहान सम्पन्न मतगणना अनुसार गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रका विष्णु वहादुर विष्ट ९७१९ मत सहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका अचुतम प्रसाद ढकालले ७७७१ मत ल्याए ।
त्यस्तै उपमेयरमा गठबन्धनबाट नेपाली कांगेसका भरत गोपाली ८६०७ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी कल्पना वलामीले ८५२२ मत ल्याईन् ।