प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडाको नीति कार्यक्रम र बजेट पारित

२०७९ असार २०, सोमबार १४:२० बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० को लागि प्रस्ताव गरेको नीति कार्यक्रम र बजेट पारित भएको छ । सोमबार बसेको नगरपालिकाको एघारौं अधिवेशनको तेस्रो बैठकले नीति कार्यक्रम र बजेट अर्थ विधेयक २०७९ र विनियोजन विधेयक २०७९ सर्वसम्मत पारित गरेको हो ।

उपमहानगरपालिकाले १२ असर गते आगामी आवको लागि २ अर्ब ७१ करोड ९७ लाख ७२ हजार ८२० रुपैयाको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका थियो । सार्वजनिक बजेट चालुआर्थिक बर्ष भन्दा ११ करोड ६४ लाख १० हजार बढी बजेट हो । प्रस्तुत बजेटको खर्च ब्यहोर्न सबैभन्दा बढी संघिय सरकारको अनुदानबाट १ अर्ब ६ करोड ९५ लाख, आन्तरिक स्रोतबाट ९४ करोड ३६ लाख ५३ हजार ८२०, राजस्व बाडफाँटबाट ५८ करोड ९३ लाख ७० हजार, प्रदेश सरकारको अनुदानबाट ९ करोड ५८ लाख ४९ हजार र अन्य आय र संघसंस्थाको अनुदानबाट १ करोड ९६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।

उपमहानगरले कुल बजेटमा सबैभन्दा धेरै बजेट पुर्वाधार विकास तर्फ १ अर्ब ८ करोड ४२ लाख खर्च अनुमान गरेको छ । कार्यालय संचालन तथा प्रशासनिकतर्फ ३३ करोड ५७ लाख ८९ हजार, आर्थिक विकासतर्फ १९ करोड ६९ लाख ६६ हजार ८२०, सामाजिक विकासतर्फ ८३ करोड ६७ लाख १७ हजार, वन वातावरण तथा विपद व्यवस्थापनतर्फ १२ करोड ६ लाख ८० हजार, सुशासन तथा संस्थागत विकासमा ७ करोड ३३ लाख ५० हजार, अन्य विविध कोषमा ९९ लाख र बागमती प्रदेश सरकारबाट हस्तान्तरित आयोजनाहरुमा ६ करोड ३ लाख ७० हजार खर्च गर्ने योजना बनाएको छ ।

आजैबाट ६ वटा बिभीन्न समितिहरु गठन गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईंले बताए । नगरको विकासको लागि विभिन्न ठुला तथा साना अधुरा योजनाहरु, नयाँ योजनाहरु सम्पन्न गर्न तथा अगाडि बढाउन अब बाटो खुलेको छ ।