प्रहर खबर
 २०८३ श्रावण ८, शुक्रवार    

मतगणना अपडेटः हेटौंडा १५ को १२ सय मत गन्न बाँकी, कसले कति मत पाए ?

२०७९ जेठ ४, बुधबार ०९:३६ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.१५ को मतगणना जारी छ । उक्त वडामा खसेको ४ हजार २४९ मतमध्य ३ हजार ४९ मतगणना भएको छ ।

जसमा नेकपा एमालेका उम्मेदवारहरु अगाडि देखिएका छन् । जसमा मेयरमा अनन्त पौडेलले १ हजार ३४१ मत र उपमेयरमा सुमित्रा काफ्लेले १ हजार ५७१ मत पाएकी छन् ।

त्यस्तै वडाअध्यक्षमा पनि नेकपा एमालेकै सुनिल मोक्तानले अग्रता लिएका छन् । उनले १ हजार ७८० मत प्राप्त गरेका छन् । अब वडा नम्बर १५ को १ हजार २ मत गन्न बाँकी छ ।

hthtd 15