हेटौंडा – हेटौंडामा लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–५ बस्ने बर्ष २६ को सन्देश दुलाल र ओखलढुंगा पोखरेली गाउँपालिका –४ घर भई हेटौंडा उपमहानगरपालिका–४ बस्ने बर्ष ३० को गणेस प्रसाद घिमिरे रहेका छन् ।
दुलालको डेराकोठामा चेकजाँच गर्दा लागुऔषध डाईजेपाम १८ एम्पुल, फेनारगन १६ एम्पुल, नुफिन १६ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै घिमिरेको साथबाट लागुऔषध डाईजेपाम ५ एम्पुल, फेनारगन ४ एम्पुल, नुफिन ५ एम्पुल गरी १४ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।
दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।