प्रहर खबर
 २०७९ असार १४, मंगलबार    

फाइनल प्रवेशका लागि पिप्ले र बागमती भिड्दै

२०७८ चैत्र १०, बिहीबार १०:३८ बजे

हेटौंडा – छैटौँ राजर्षि जनक कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा आज (विहिबार) साविक बिजेता पिप्ले युवका क्लब र उपविजेता आयोजक बागमती युवा क्बलबिचको खेल हुँदैछ । सर्लाहीको स्व.सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा प्रतियोगिताको फाइनल प्रवेशको लागि पिप्ले र बागमतीबिच खेल दिउँसो ३ बजे सुरु हुनेछ ।


साविक विजेताको हैसियतले सिधै क्वाटरफाइनल खेलमा प्रवेश पाएको पिप्ले पहिलो खेलमा एडिभिजन टोली हिमालय शिर्पा क्लबमाथि ३–० गोलको शानदार जित निकाल्दै सेमिफाइनलमा  प्रवेशको गरेको थियो ।

त्यस्तै मंगलबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरको संघर्षपूर्ण नतिजा आफ्नो पक्षमा निकाल्दै बागमतीले पिप्लेसंगको भेट पक्का गरेको गरेको थियो । आयोजक बागमती पनि साविक उपविजेताको हैसियतले सिधै क्वाटरफाइनल खेलमा प्रवेश पाएको थियो ।

यसअघि प्रतियोगितको फाइनलमा आयोजक टोली बागमतीलाई उसकै मैदानमा हराउँदै प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको पिप्लेले उपाधि चुमेको थियो ।

बागमती घरेलु मैदानको साथमा गत संस्करणको हार बदला लिने लक्ष्यसहित मैदानमा उत्रने छ । यता पिप्ले उही मैदान पुरानै नजिता सहज तरिकाले दोहो¥याउने लक्ष्यसहित मैदान उत्रनेछ । पराजित भएपछि प्रतियोगिताबाटै बाहिरिने भएकोले दुबै टोलीमाथि जित्नै पर्ने दबाब छ । उपाधि होडमा रहेको दुई टोलीबिचको खेल निकै प्रतिस्पर्धात्म हुनेछ ।

प्रतियोगितामा दुबै टोली एडिभिजन टोलीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको बागमती भन्दा तुलनात्मक रुपमा पिप्ले केही बलियो देखिन्छ । पहिलो खेलमा जित निकाल्न बागमतीलाई निकै संर्घष गर्नु परेको थियो भने पिप्लले शानदार नतिजा निकालेको थियो । तर, कुन टोली प्रतियोगिताको फाइनलमा स्थान बनाउछ, त्यो आजको खेलले नै निर्धारण गर्नेछ ।

१२ टिमको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल चैत १३ गते फाइनल हुनेछ । प्रतियोगिताको विजेताले राजर्षि जनक कपसहित १० लाख एक हजार र उपविजेताले पाँच लाख पाँच सय, सिल्ड र मेडल प्राप्त गर्नेछन्।