प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा सवारी दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइते

२०७९ असार ५, आईतबार ०७:३५ बजे

हेटौंडा – हेटौंडामा मोटरसाइकल दुर्घटना हुदाँ एकको मृत्यु श्रीमानको मृत्यु भएको छ भने श्रीमती र छोरा घाइते भएका छन् ।

हेटौंडा उपमहानगरपालिका–५ सिचाईटोलमा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा जनकपुर घर भइ हेटौंडामा डेरा बस्दै आएका ३९ वर्षीय अन्जन कर्णको मृत्यु भएको हो । शनिबार साँझ ममनकामना चोकबाट हेटौंडा बजार तर्फ आउँदै गरेको बा ९५ प ८५६१ को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार मृतक कर्णकी श्रीमती ३२ वर्षीया कल्पना कर्ण र ११ वर्षीय छोरा आर एन कर्ण दुर्घटनामा घाइते भएका छन् । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।