हेटौंडा – मकवानपुर निर्वाचन क्षेत्र नं. १ र २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेको सुचिअनुसार ३३ लाखसम्म खर्च गर्न पाउने भएको हो ।
जिल्लाको निर्वाचन क्षेत्र नं.१ मा प्रतिनिधिसभा सदस्य पदमा दुई स्वतन्त्रसहित १६ जना र २ मा एक जना स्वतन्त्रसहित १० जनाको उम्मेदवारी दिएका छन् । त्यस्तै प्रदेशतर्फ क्षेत्र नं.१ को (क) मा १० जना र (ख) मा १५, क्षेत्र नं. २ को (क) मा ८ र (ख) मा १० जनाको उम्मेदवारी परेको छ ।
प्रदेशसभा सदस्य पदका उम्मेदवारले १५ देखि १९ लाखसम्म खर्च गर्न पाउने बताईएको छ । तर, आयोगले तर, कुन निर्वाचन क्षेत्रका उम्मेदवार कति खर्च गर्न पाउने ? विवरणको सुचि भने सार्वजनिक गरेको छैन ।
