हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको ५२ हजार ९०१ मतगणना हुँदा मेयर पदमा गठबन्धनतर्फबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मिना कुमारी लामा अगाडि लागेकी छन् । उनी नेकपा एमालेका मेयर पदका उम्मेदवार अनन्त पौडेल भन्दा १ हजार ६२ मतले अगाडि छिन् ।
यसैगरी उपमेयरमा गठबन्धनबाट काङ्ग्रेसका उम्मेदवार राजेश बानियाँको अग्रता कायमै छ । उनी एमालेकी सुमित्रा काफ्ले भन्दा ६ हजार ६१७ मतले अगाडी छन् ।
हेटौंडा उपमहानगरपालिकामा ५२९०१ गणना हुँदा
मेयर
सुर्य : १५४०९
गठबन्धन : १६४७१
हलो : १४७४९
उपमेयर
सुर्य : १७२८०
रुख : २३८९७
हलो : ३७०८