हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङबाट अवैध लागुऔषध खैरो हेरोइन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडाको बुद्दचोक डेरा गरी बस्ने भारत बेतिनि घर भएका २८ वर्षीय अख्तर खान रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले खानलाई ४ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन र बागमती प्रदेश ०३–००५ प ३४६५ नम्बरको मोटरसाइकल सहित गएराति प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ।