हेटौंडा – प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलतर्फ मकवानपुरले शानदार शुरुवात गरेको छ ।
काभ्रेस्थित धुलिखेल खेलमैदानमा भएको खेलमा रामेछापलाई ५–० गोलको फराकिलो अन्तर पराजित गर्दै शानदार शुरुवात गरेको हो ।
मकवानपुरलाई जित दिलाउनका लागि सञ्जिता बोम्जन र पुजा लामाले दुई–दुई गरिन् भने लक्ष्मी गोलेले एक गोल गरिन् ।
मकवानपुरले खेलको तेस्रो मिनेटमा संञ्जिताको गोलबाट अग्रता बनाएको थियो । खेलको १५ औँ मिनेटमा पुजाले गोल गर्दै अग्रता दोब्बर बनाइन् ।
पहिलो हाफमा दुई गोल गरेको मकवापनुरले दोस्रो हाफमा तीन गोल गरेको थियो । मकवानपुरका लागि खेलको ५५ औँ मिनेटमा पुजाले ब्यक्तिगत दोस्रो गोल गरिन ।
त्यस्तै लक्ष्मीले खेलको ६५ औँ मिनेटमा गोल गर्दै ४–० को फराकिलो अन्तरमा पुर्याइन् । खेलको अन्तिम मिनेटमा सञ्जिता ब्यक्तिगत दोस्रो गोल गर्दै मकवानपुरलाई ५–० को शानदार जित दिलाइन् ।
जितसंगै मकवानपुर महिला फुटबलको सेमिफाइनलम प्रवेश गरेको छ । अब मकवानपुरले फाइनल प्रवेशको लागि चैत ११ गते शुक्रबार सिन्धुलीसंग भिड्नेछ ।