प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रदेश खेलकुद: पुरुष क्रिकेटको उपाधि मकवानपुरलाई

२०७८ चैत्र ७, सोमबार १४:१३ बजे

हेटौंडा – प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटको उपाधि मकवानपुरले जितेको छ । चितवनस्थित गौतम बुद्ध रङशालामा भएको फाइनल खेलमा मकवानपुरले धादिङलाई ३२ रनले हराउँदै उपाधि जितेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको मकवानपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । १ सय ५७ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ थालेको धादिङले २० ओभरमा सबै विकेट गुमाउँदै १ सय २४ रनमा समेटियो ।

मकवानपुरलाई उपाधि दिलाउन फाइनल खेलमा ४ विकेट लिएका रिजन ढकाल म्यान अफ द म्याच घोषित भए । उपाधि विजेता मकवानपुरले ट्रफी, पदक, प्रमाणपत्रसहित जनही ५ हजर नगद पुरस्कार प्राप्त गरेका छन् ।