हेटौंडा – मकवानपुरको बकैंया गाउँपालिका वडा नं.११ शिरुडाडामा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन् । घाइते हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नं.२ बस्ने ४ बर्षीय प्रभास बोम्जन रहेका छन् ।
कान्तिलोकपथ सडकखण्डमा जितपुर तर्फबाट लेनडाडा तर्फ जादै गरेको ना.३२प ६२४६ नम्बरको मोटरसाइकलले बाटोमा खेल्दै गरेका
बोम्जनलाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
टाउको र हातमा चोट लागेको बोम्जनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।