हेटौंडा – मकवानपुरको बकैया गाउँपालिकामा हालसम्म ६ सय मतगणना भएको छ ।
पछिल्लो अपडेट अनुसार अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार धर्मराज लामिछानेले २८४ मत प्राप्त गरि अग्रता लिएका छन् ।
लामिछानेका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी सरला बोलखेले १७४ मत प्राप्त गरेकी छन् ।
उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका भक्त बहादुर खत्रीले ३२० मत सहित अग्रता लिएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका लाल बहादुर स्याङतानले १८१ मत प्राप्त गरेका छन् ।
६०० सम्मको नतिजा