हेटौंडा – मकवानपुर भिमफेदी गाउँपालिका–२ भैसेबाट लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाश गाउँपालिका–४ झ्याङे बस्ने २४ वर्षीय विजय लामा रहेका छन् ।
प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले करिब ६ किलो लागूऔषध गाँजा सहित लामालाई बुधबार दिउँसो पक्राउ गरेको हो । चुनियाबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा.२९ प ३०४४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।