हेटौंडा – चितवनमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।
राप्ती नगरपालिका ९ पिङटोलमा मोटरसाइकल दुर्घटना हुँदा चालक स्थानिय ४२ वर्षिय प्रेम तामाङ र पछाडी सवार स्थानिय ४६ वर्षिय राजकुमार तामाङ गम्भिर घाईते भएका थिए । घाईते दुबैलाई चितवन मेडिकल कलेजमा उपचारको लागि लगिएकोमा चालक प्रेमको भने उपचारकै क्रममा राति साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
गएराति ११ बजे प्रेमले चलाएको ना ४६ प ३७९३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकको साईडमा रहेको पोलमा ठक्कर खाएको ईलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ ।