हेटौंडा – बागमती प्रदेश सरकाले १ लाख रुपैँयाको राहत बाडेको २८ लाख रुयैँया खर्च गरेको तथ्य सार्वजनिक भएको छ ।
महालेखा परीक्षकको ५९ औं प्रतिवेदनअनुसार २०७७ साल साउनमा सिन्धुपाल्चोकको लिदिमा गएको बाढी पहिरोको अवस्था बारे बुझन तथा राहतको लागि पुगेको प्रदेश सरकारको टोलीले हेलिकप्टरलाई २८ लाख रुपैँया भुक्तानी गरेको तथ्याङ्क सार्वजनिक भएको हो ।
वार्षिक प्रतिवेदन अनुसार प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट सिन्धुपाल्चोकको लिदीमा २०७७ साउन २६ गएको पहिरोबाट प्रभावित परिवारलाई १ लाख ११ हजार रुपैयाँको राहत सामग्री वितरण गर्न करिब २८ लाख ६८ हजार हवाई भाडा तिरेको हो ।
पहिरोबाट प्रभावित परिवारलाई एक लाख ११ हजार मूल्यका दाल,चामल,स्वास्थ्य सामग्री वितरण गर्न तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल, मन्त्रीहरूको टोलिले १२ पटक सेनाको हेलिकप्टर र एक निजीसेवाको हेलिकेप्टर ३ पटक गरेर क्रमशः २५ लाख ६८ हजार र ३ लाख गरि २८ लाख ६८ हजार खर्च गरेको छ । यस्तो अनुत्पादक खर्चमा नियन्त्रण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
