प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

तीन नम्बर पुल नजिकै ट्रकमा आगलागी(तस्बिरसहित)

२०७९ जेठ १४, शनिबार १२:१८ बजे

हेटौंडा – पूर्व पश्चिम राजमार्ग अन्तर्गत पथलैया–अमलेखगञ्ज सडकखण्ड ३ नम्बर पुल नजिकै एक ट्रकमा आगो लागेको छ ।

हेटौंडाबाट बारा तर्फ जाँदै गरेको ना. ६ ख ३२८६ नम्बरको ट्रक र पथलैयाबाट हेटौंडा तर्फ आउदै गरेको ना. ६ ख ४२४२ नम्बरको मिनि ट्रक ३ नम्बर पुल नजिकै एकआपसमा ठोक्किँएर दुर्घटना हुँदा ट्रकमा आगो लागेको हो ।

प्रत्यक्षदर्शीका अनुसार ना. ६ ख ३२८६ नम्बरको ट्रकमा शनिवार दिउँसो ३ बजेतिर आगोलागी भएको हो । आगलागीबाट ट्रक पूर्ण रूपमा क्षति भएको छ।

ट्रकमा लागेको आगो हेटौंडाबाट गएको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । दुर्घटनाबाट राजमार्ग केहि समय अवरुद्ध भएपनि कुनै मानविय क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।

tru

truck 4

truck 1

truck 2

truck 3

truck