प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

बकैयामा ११ सय मतगणना, कति मत बदर ?(बिवरण सहित)

२०७९ बैशाख ३१, शनिबार १३:५५ बजे

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिकामा १ हजर १०० मतगणना हुँदा अध्यक्षमा २५७ मत बदर भएको छ । त्यस्तै उपाध्यक्षमा १७९, वडाअध्यक्षमा ६७, महिला सदस्यमा ९४, दलित महिला सदस्यमा २९४ र खुल्ला सदस्यतर्फ क्रमशः ११९ र १५३ मत मत बदर भएको निर्वाचन अधिकृत कार्यालय बकैयाले जनाएको छ ।

त्यस्तै अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका धर्मराज लामिछानेले ५२७ मत प्राप्त गरि अग्रता लिएका छन् ।लामिछानेका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी सरला बोलखेले ३०० मत प्राप्त गरेकी छन् ।

उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका भक्त बहादुर खत्रीले ६०२ मत सहित अग्रता लिएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका लाल बहादुर स्याङतानले ३११ मत प्राप्त गरेका छन् ।

1100 badar