हेटौंडा – पछिल्लो पाँच वर्षमा मकवानपुरमा ६७ हजार १ सय ६० मतदाता थपिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम सूचीअनुसार मकवानपुरमा आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा २ लाख ९४ हजार ९ सय १९ जनाले मतदानमा भाग लिन पाउनेछन् । २०७४ को स्थानीय तह निर्वाचनमा २ लाख २७ हजार ७ सय ५९ मतदाता थिए ।
सार्वजनिक गरेको अन्तिम सूचीअनुसारमा १ लाख ४९ हजार ९ सय ५४ जना पुरुष, १ लाख ४४ हजार ९ सय ५९ जना महिला र अन्यमा ६ जना मतदाता रहेका छन् ।
जिल्लाको १० वटा स्थानीय तह मध्ये सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकामा १ लाख ४ हजार ४७३ जना मतदाता रहेका छन् । त्यस्तै थाहा नगरपालिकामा ३२ हजार ३०७, बकैयामा २९ हजार ९४३, बागमतीमा २२ हजार ४०, भीमफेदीमा १७ हजार ४२८, मनहरीमा २६ हजार ७२१, मकवानपुरगढीमा १९ हजार ११८, राक्सिराङमा १५ हजार ८३२, कैलाशमा १४ हजार ५८६ र इन्द्रसरोबरमा १२ हजार ४७१ जना मतदाता रहेका छन् ।
१ सय ६५ मतदान स्थल, ३ सय ५६ मतदान केन्द्र
त्यसैगरीमा मकवानपुरमा स्थानीय तहको निर्वाचनमा एक मतदान स्थल र ६१ मतदान केन्द्र थपिएको छ । निर्वाचन आयोगका अनुसार जिल्लामा १ सय ६५ वटा मतदान स्थल निर्धारण गरिएको छ । यी स्थलमा ३ सय ५६ मतदान केन्द्र निर्धारण गरिएको छ । यसअघिको स्थानीय तहको निर्वाचनमा १६४ वटा मतदान स्थलमा २९५ मतदान केन्द्र निर्धारण गरिएको थियो ।
आयोगका अनुसार सबैभन्दा बढी मतदान स्थल हेटौंडामा २० वटा रहेको छ । त्यस्तै थाहामा २१, राक्सिराङमा १९, बकैंयामा १७, बाममती र कैलाश १६–१६, भिमफेदीमा १४, मकवानपुरगढीमा १२, मनहरी र इन्द्रसरोबरमा ११–११ मतदान स्थल निर्धारण गरिएको छ ।
बृस्तृत बिवरण
