प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

भूमिहिन सुकुम्बासी संगठनको केन्द्रीय कोषाध्यक्षमा मकवानपुरका लोप्चन

२०७८ चैत्र २५, शुक्रबार ०८:४८ बजे

हेटौंडा  – नेकपा एमालेको जनवर्गीय संगठन नेपाल भूमिहिन सुकुम्बासी संगठनको प्रथम राष्ट्रिय महाअधिवेशनबाट केन्द्रीय कोषाध्यक्षमा मकवानपुरका सुनिल लोप्चन सर्वसम्मत निर्वाचित भएका छन् ।

नेकपा एमाले मकवानपुरका जिल्ला सदस्य समेत रहेका लोप्चन भूमिहिन सुकुम्वासी संगठन मकवानपुरका सस्थापक अध्यक्ष समेत हुन् । उनी बर्दीयामा भएको महाधिवेशनबाट केन्द्रीय कोषाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

महाधिवेशनबाट शान्ता चौधरीको अध्यक्षतामा १५१ सदस्यीय केन्द्रिय समिति निर्माण गरेको छ ।