प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ब्राजिल क्वाटरफाइनलमा क्रोएसियासँग भिड्ने

२०७९ मंसिर २०, मंगलबार ०२:५७ बजे

काठमाडौं – ब्राजिल कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा दक्षिण कोरियालाई ४–१ गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम आठमा पुगेको हो ।

ब्राजिललाई जित दिलाउन भिनिसियस जुनियर, नेयमार, रिचर्डलिसन र लुकास पाकिउटले एक–एक गोल गरे । यता दक्षिण कोरियाका लागि पिका सेउङले एक गोल फर्काए ।

ब्राजिलका लागि खेलको सातौं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १३औं मिनेटमा नेयमारले पेनाल्टी मार्फत गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

खेलको २९औं मिनेटमा रिचर्डलिसनले ब्राजिलका लागि तेस्रो गोल गरे । खेलको ३६औं मिनेटमा लुकास पाकिउटले गोल गर्दै ब्राजिललाई ४–० गोलको अग्रता दिलाए ।

यता दक्षिण कोरिकाका लागि खेलको ७६औं मिनेटमा पिक सेउङले गोल गरेपनि ब्राजिलले ४–१ गोलको जित निकाल्न सफल भयो । अब ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ । यअसघिको खेलमा पेनाल्टी सुटआउटमा जापानलाई ३–१ गोल अन्तरले पराजित गर्दै  क्रोएसिया अन्तिम आठमा प्रवेश गरेको थियो ।