हेटौंडा – प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलतर्फ मकवानपुर फाइनलमा प्रवेश गरेको छ । काभ्रेस्थित धुलिखेल खेलमैदानमा भएको खेलमा सिन्धुलीलाई ३–१ गोल अन्तरले पराजित गर्दै मकवानपुर फाइनलमा प्रवेश गरेको हो ।
मकवानपुरलाई जित दिलाउनका लागि पुजा लामाले दुई र सञ्जिता बोम्जन एक गोल गरिन् । पुजाले पहिलो हाफको ८ औँ र दोस्रो हाफको ५० औँ मिनेटमा गोल गरिन । त्यस्तै सञ्जिताले दोस्रो हाफको ६० औँ मिनेटमा गोल गरिन ।
मकवानपुरलाई फाइनलमा पुर्याउन दुई गोल गरेकी पुजा लामा म्यानअफ द म्याच घोषित भइन् ।
जितसंगै मकवानपुर महिला फुटबलको फाइनलम प्रवेश गरेको छ । अब मकवानपुरले फाइनलमा उपाधिका लागि चैत १२ गते भोलि शुक्रबार विहान ८ बजे धादिङसंग भिड्ने प्रशिक्षक भिम लामाले जानकारी दिए ।
धादिङले दोलखालाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।