हेटौंडा – बिल बिनाको रासायनिक मल सहित पक्राउ एक जना पक्राउ परेका छन् । काठमाडौं चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट ना.६ ख ५४८८ नम्बरको ट्रकबाट बिल बिनाको १ सय ३५ बोरा रसायनिक मल सहित ट्रकका चालक मकवानपुर मनहरी गाउँपालिका–९ बस्ने २३ वर्षीय स्वदेश उप्रेतीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त ट्रकलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बिल बिनाको उक्त रसायनिक मल फेलासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई बरामद मल र ट्रक सहित आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।