प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

भिमफेदीमा गठबन्धनलाई पछ्याउदै एमाले

२०७९ बैशाख ३१, शनिबार ०४:१४ बजे

हेटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिकामा गठबन्धनको अग्रता कायमै रहेको छ । सत्ता गठबन्धनबीच तालमेल भएको भिमफेदीमा सुरुवाती देखिनै गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएको हो ।

प्राप्त जानकारी अनुसार भिमफेदीको वडा नं.१ र २ को १ हजार ६ सय मत गन्दा बद्री बहादुर स्याङ्तानले ७७७ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका हिदम लामाले ६६४ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा गठबन्धनका तर्फ कांग्रेसका उम्मेदवार सञ्जीव श्रेष्ठले ७८० मत ल्याएका छन् । एमालेकी पार्वती रानाले ६६९ मत ल्याएकी छन् ।

त्यस्तै वडा नम्बर १ र २ मा पनि गठबन्धनकै उम्मेदवारले अग्रता बनाएको छ । वडा नम्बर १ मा रुखमा ५५२ मत खसेको छ भने २ मा २८४ मत खसेको छ । त्यसैगरी सुर्यमा वडा नंं.१ मा ३९८ र २ मा २७४ मत खसेको छ ।