हेटौंडा – मकवानपुर हेटौंडा उपमहानगरपालिका–४ बाट प्रहरीले संरक्षित वन्यजन्तु गैंडाको शिकार गरी खाग राख्ने एवं खरिदबिक्री तथा ओसारपसारमा संलग्न फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–९ शक्तिखोर ठेगाना भएका ४१ वर्षीय राम कुमार प्रजा रहेका छन् ।
प्रहरीका अनुसार कालिका नगरपालिका–११ घर भई हाल तनहुँ व्यास गाउँपालिका–११ मुलपानी बस्ने ठूलो कान्छा एवं सागर प्रजा भनिने ५२ वर्षीय विन्दर सिंह प्रजासहित दुई जनाले गैंडा शिकार गरेका थिए ।खाग (आखेटोपहार) खरिद विक्री तथा ओसारपसार गरेको मुद्दामा फरार रहेका प्रजालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले सोमबार हेटौंडा–४ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन पठाइने प्रहरीले जनाएको छ।