हेटौंडा – “हेटौंडा उपमहानगरपालिका वडा नं.४ लाई म बागमती प्रदेशकै नमुना वडा बनाउँछु ।” यो भनाई थियो हेटौंडा उपमहानगरपालिका वडा नं.४ कै वडाध्यक्ष नविन सिग्देलको ।
वडाध्यक्ष सिग्देलले चुनावको क्रममा र पुन निर्वाचित भएपछि वडा नम्बर ४ लाई प्रदेशकै नमुना बनाउछु भन्दै सार्वजनिक कार्यक्रमदेखि विभिन्न सञ्चारमाध्यमा आसपास दिएका थिए ।
उनको त्यो भनाई र हाल वडाका केही सडकको हाल नमुना नै देखिएको छ । नमुना देखिएको सडक हो, हुप्राचार गेट अगाडीबाट आधुनिक राष्ट्रिय मावि र हेटौंडा क्याम्पसतर्फ जाने । उक्त रोडमा पानी जम्दा सवारी साधन र पैदलयात्रु सास्ती ब्यहोर्नु बाध्य छन् । त्यहाँको एक पीडादायी तस्बिर सामाजिक सञ्जालमा भाइरल समेत भएको छ ।
उक्त तस्बिरमा देख्न सकिन्छ, सडकमा जमेको पानीको अगाडी विद्यार्थीको भिड । सडकको एक किनारतर्फ जमेको पानी पार गर्न विद्यार्थीहरु लामबद्ध भएर आफ्नो पालो कुरी रहेका छन् । अर्कोतर्फ घरको पर्खालमा झुण्डिएर पार गर्दैछन् । कतै फोहोर पानीले जुस्ता र पोसाक भिझ्ने पो हो की, अनि चिप्लिएर लड्ने डर । संगै एक स्कुटर चालक पनी आफ्नो पालो कुर्दै देखिन्छन् ।
यो रह्यो झट्ट तस्बिर हेर्दा देखिने । यो वडा हेटौंडा उपमहानगरपालिककै विकसित भनिएको छ । उक्त सडकमा हजारौँ पैलदयात्री, सयौँ सवारी दैनिक गुड्छन् । यहाँ पैदलयात्रु र सवारीले कति सास्ती खेप्नु पर्यो होला ?