प्रहर खबर
 २०८३ श्रावण ८, शुक्रवार    

मकवानपुरको मनहरीमा गठबन्धनको अग्रता कायमै, एमालेलाई पछ्याउदै नेकपा एस

२०७९ बैशाख ३१, शनिबार ०२:४३ बजे

हेटौंडा– मकवानपुरको मनहरी गाउँपालिकामा गठबन्धन(कांग्रेस–माओवादी) को अग्रता कायमै रहेको छ । प्राप्त जानकारी अनुसार मनहरीमा वडा नं.१ को मतगणना जारी रहेको छ ।
जारी मत गणना अनुसार गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रन्जन कालखेतीले २९७ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा माओवादी केन्द्रकी सिता पुलामी मगरले १२ मत प्राप्त गरेकी छन् ।

एमालेबाट अध्यक्ष एकराज उप्रतीलेमा ११८ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा सुजिता थिङले १०३ मत प्राप्त गरेका छन् । यस्तै नेकपा (एकिकृत समाजवादी) बाट अध्यक्षमा नारायण श्रेष्ठले ६५ मत प्राप्त गरेका छन् । उपाध्यक्ष मनिला विष्टलेमा ९९ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टिबाट अध्यक्षमा चन्द्र बहादुर पौडेलले ७ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा माया कुमारी न्यौपानेले ७ मत प्राप्त गरेका छन् ।

वडाअध्यक्ष तर्फ नेपाली कांग्रेसका शिव प्रसाद खनालले ३१८ मत प्राप्त गरी अग्रता बनाएका छन् । एमालेबाट भिमसेन अधिकारीले १०५, एकिकृत समाजवादीबाट नवराज पौडेलले ९८, मंगोलबाट कुमार बुलुनले ५ र राप्रपाका श्यम सुन्दर वाइबाले ३ मत प्राप्त गरेका छन् ।