प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

साँधुरो सडकमा ब्रेक फेल हुँदा दुर्घटना, चालक प्रहरीको नियन्त्रणमा

२०७९ जेठ २९, आईतबार ०८:०८ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.९ पशुपतिनगरमा बाबुछोरी सवार मोटरसाइलक ठक्कर दिएर फरार ग्यास बुलेट चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत शनिबार साँझ ७ बजे हेटौंडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई एन एल ०१ एल २९७१ नम्बरको भारतीय ग्यास बुलेटले ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौडा उपमहानगरपालिका ९ पशुपनिनगरका अन्दाजी ५५ बर्षीय ईश्वर कुमार तामाङ र पछाडी सवार उनकी २६ बर्षीया छोरी अमिना तामाङ रहेका छन् । ग्यास बुलेटको ठक्करबाट बाबुछोरीको घटनास्थलमै मृत्यु भएको थियो ।

ग्यास बुलेटले बाबुछोरी सवार मोटरसाइकललाई ठक्कर दिँदै बा १३ च ११८५ नम्बरको कारलाई पनि ठक्कर दिएको थियो । कारको पछाडी भागमा क्षति पुगेपनि सवार यात्रु तथा चालकलाई केही नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

jeep1655021261

साँधुरो सडकमा ब्रेक फेल हुँदा दुर्घटना

ग्यास बुलेट चालक भारतीय नागरिक रहेका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा ग्यास बुलेटको ब्रेक फेल भएर दुर्घटना भएको बयान दिएको प्रहरीले जनाएको छ । 

“चालकलाई नियन्त्रणमा लिएर सोधपुछ ग¥यौ । ब्रके लगाउन खोज्दारोज्दै, ब्रेक लागेन भन्दै बयान दिएको छ । हामी थप अनुसन्धान गर्दै छौँ ।” एक प्रहरी अधिकृत भने । कानुनी बमोजिम कारवाहीको लागि प्रक्रिया समेत अगाडी बढाईएको प्रहरीको भनाई छ ।

पुर्वपश्चिम राजमार्ग देशको प्रमुख राजमार्ग भएपनि दुर्घटना भएको स्थानमा सडक धेरै साँधुरो र जोखिमपुर्ण छ । त्यसस्थानको सडकमा पिजको भाग उठेको छ । पिजको भाग उठेको सडकमा ओभरट्र्याक गर्दा जोखिमपुर्ण हुने र सवारीको ब्रब्रेक समेत नलाग्ने सवारी चालकहरु बताउँछन् ।

शनिबार भएको दुर्घटना सानो र जोखिमपुर्ण सडकमा ठुलो सवारी तिब्रगतीमा चलाउँदा दुर्घटना भएको प्रत्यक्षदर्शीहरु बताउँछन् । राजमार्ग अन्तर्गत हेटौंडाको कर्रा पुलदेखि पशुपतिनगरसम्म धेरै सवारी दुर्घटना हुने स्थान हो । यहाँ सवारी दुर्घटनामा परी धेरैले ज्यान गुमाएका छन् ।