प्रहर खबर
 २०८३ श्रावण ७, बिहीवार    

छोटेपामा ट्रक दुर्घटना, मकवानपुरका सन्त सहित दुई जनाको मृत्यु

२०७९ बैशाख २८, बुधबार ०५:०८ बजे

हेटौंडा – ट्रक दुर्घटना हुँदा मकवानपुरका एक ब्यक्ति सहित दुई जनाको मृत्यु भएको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ४ नारच्याङ छोटेपामा ग २ ख ६५८ नम्बरको ट्रक दुर्घटना हुँदा चालक मकवानपुरको कैलास गाउँपालिका–५ का ३४ वर्षीय सन्तबहादुर तितुङ र अन्नपुर्ण गाउँपालिका–१ दोवा म्याग्दीका ४३ वर्षीय ट्रकका मालिक खुमबहादुर राम्जालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका दुबै जनाको उपचारका क्रममा म्याग्दीकै बेनी अस्पतालमा मृत्यु भएको हो । ट्रक मंगलबार साँझ पौने ६ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी ६० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय भुरुङ तातोपानीले जनाएको छ ।