प्रहर खबर
 २०८३ कार्तिक ३, सोमवार    

एमाले हेटौंडा ५ का उम्मेदवारहरूले गरे मनोनयन दर्ता

२०७९ बैशाख १२, सोमबार १०:०७ बजे

हेटौंडा – नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिका वडा नं.५ को वडा अध्यक्ष तथा सदस्यहरूले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार हेटौंडा–२ स्थित निर्वाचन अधिकृत कार्यालयमा पुगेर वडाध्यक्षका उम्मेदवार सुशिल घिमिरेसहित वडासदस्यहरुले मनोनयन दर्ता गराएका हुन् ।

पार्टी कार्यालयबाट स्थानीय नेता तथा कार्यकर्ताहरूको र्यालीसहित निर्वाचन अधिकृत कार्यालय पुगेर वडाध्यक्षका उम्मेदवार घिमिरेसहित वडाका सदस्यहरू ज्ञानबहादुर थापा, रामबहादुर राई, रन्जिता सिलवाल र भगवती बि.क. उम्मेदवारी दर्ता गराएका छन् ।

मनोनयन दर्तापछि छोटो प्रतिक्रिया दिंदै वडा अध्यक्षका उम्मेदवार घिमिरेले हेटौंडाको ५ वडाको शिक्षा, स्वास्थ्य,कृषि, खेललगायत चौतर्फी बिकासमा आफ्नो टिमले योगदान गर्ने योजना बनाएकोले टिमलाई जिताउन आग्रह समेत गरे ।