प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा दुई पुरुष मृत भेटिए

२०७८ चैत्र १, मंगलबार १४:२० बजे

हेटौंडा – मकवानपुरको छुट्टाछुटै स्थानमा दुई जना मृत भेटिएका छन् । जिल्लाको बकैंया गाउँपालिका र हेटौंडा उपमहानगरपालिकामा एकएक जना पुरुष मृत भेटिएका हुन् ।

बकैंया गाउँपालिका वडा नंं.६ कत्लेस्थित हेटौंडा उपमहानगरपालिका वडा नं.१८ ठुलदमारका ५२ वर्षीय अर्जुन गुरुङ सोमबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार जग्गा नापि विभागका टोली आउने भएपछि सोमबार विहान गुरुङ आफ्नो एैलानी जग्गाको झाडी फाड्न बकैया–६ कत्लेमा पुगेका थिए । जग्गामा झाडी फाड्दा फाड्दै ढलेका गुरुङलाई अचोत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थलमा पुग्दा उनको मृत्यु भईसकेको थियो ।

उनको शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाईएको प्रहरीले जनाएको छ । 

त्यस्तै हेटौंडा उपमहानगरपालिका वडा नं.६ राईटोलमा स्थानीय ६५ वर्षीय खड्कबहादुर रसाईलीको शव फेला परेको हो । मंगलबार विहान उनको शव आफ्नै घरनजिकै करिब ३ सय मिटरको दुरीमा रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

दुबै घटनाको विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।