हेटौंडा – हेटौंडामा नापतौल यन्त्रहरुको दर्ता तथा नविकरण कार्य बिहीबारबाट शुरु भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको सहजिकरणमा उक्त कार्य गरिएको हो । उद्योगी÷व्यवसायीहरुको नापतौल यन्त्र दर्ता तथा नविकरणको लागि गुणस्तर तथा नापतौल कार्यालय, बीरगञ्जबाट ४ सदस्यीय टोली खटिई आएका छन् । बिहीबार ४३ वटा फर्मको नापतौल यन्त्रहरुको दर्ता तथा नविकरण कार्य सम्पन्न गरिएको उक्त टोलीले जानकारी गराएका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघ भवनमा रहेको हलबाट नापतौल यन्त्रको जा“च र दर्ता तथा नविकरणको कार्य गरिएको हो । श्रावण ६ गते शुक्रबार पनि सोही स्थानबाट सेवा प्रदान हुनेछ भने सोपश्चात हेटौंडाका केही स्थान र मनहरिबाट दर्ता तथा नविकरण सेवा संचालन गरिनेछ । एकहप्ताको लागि श्रावण ५ गतेदेखि टोली खटिई आएको गुणस्तर तथा नापतौल कार्यालय बीरगञ्जले जनाएको छ ।
.jpg)
नापतौल यन्त्रहरु दर्ता तथा नविरकण गर्न मकवानपुर जिल्लाका उद्योगी÷व्यवसायीहरुलाई बीरगञ्ज जानुपर्ने झन्झटलाई न्यूूनिकरण गर्न एक हप्ताको लागि संघमा निम्त्याईएको मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बताउनु भएको छ । यस अवसरलाई सदुपयोग गर्दै उद्योगी÷व्यवसायीहरुले आ—आप्mनो व्यवसायमा प्रयोग गरिएको नापतौलका यन्त्र (ढक, का“टा, लिटर, मिटर आदि) जा“च गराई दर्ता तथा नविकरण गर्न अध्यक्ष गुप्ताले अनुरोध गरेका छन् ।
नापतौल यन्त्र नया“ दर्ता गर्न पैतिस दिन भित्र नापतौल यन्त्र खरिद गरेको सक्कल भ्याट बिल, रु. दशको टिकट, पान दर्ता प्रमाणपत्रको प्रतिलिपि, फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, का“टा र का“टाको क्षमताको १० प्रतिशतले हुने बराबरको ढक साथमा ल्याउनु पर्नेछ । त्यसैगरी नविकरणको लागि रु. दशको टिकट, गत वर्ष जा“च गरेको प्रमाण पत्र÷अनुमति पत्र वा सोको प्रतिलिपि, आफ्नो का“टा र का“टाको क्षमताको १० प्रतिशतले हुने बराबरको ढक साथमा ल्याउनु पर्ने गुणस्तर तथा नापतौल कार्यालय, बीरगंजको टोलीले जानकारी गराएका छन् ।