हेटौंडा – आगामी स्थानीय तहको निर्वाचनका लागि एमालले हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ मा उम्मेद्वार टुङ्गो लगाएको छ । नेकपा एमालेकी केन्द्रीय सदस्य जुनेली श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको बैठकले वडाबाट उम्मेद्वार बन्ने जनप्रतिनिधि छनोट गरेको हो ।
बैठकले वडा अध्यक्षको उम्मेद्वारमा बर्तमान वडाअध्यक्ष तथा नेकपा एमाले मकवानपुरका सचिव नविन सिग्देललाई चयन गरेको छ । त्यसैगरी वडा सदस्यहरु खुल्ला तर्फ जगन्नाथ पाण्डे, जेन श्रेष्ठ, महिला तर्फ गिता त्रिपाठी र दलित महिला सदस्यमा विष्णुदेवी देउला चयन भएका छन् ।