हेटौंडा – मकवानपुर जिल्लामा नेकपा एमाले पार्टीबिरुद्ध पाँच दलीय गठवन्धनदल एक भएका छन् । उनीहरु अब जिल्लाका दश वटै स्थानीय तहमा एक भएर चुनाब लड्ने निर्णयमा पुगेका हुन् । मकवानपुरमा एमाले मात्र एक भएर चुनाब लड्ने भएको छ । एमाले मकवानपुरले चुनावी गतिबिधि अगाडी बढाएको छ ।
काग्रेश लगायतका दलहरुले यस जिल्लामा स्थानीय तहको चुनाबमा एक भएर चुनाब लड्ने भएका हुन् । सत्तारुढ दलवीच मकवानपुरमा वडा तहबाटै गठबन्धन गर्ने सहमति जुटेको छ । हेटौंडा–२ स्थित कांग्रेस पार्टी कार्यालयमा बसेको सत्तारुढ गठबन्धनको वैठकले वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा वडा तहबाटै गठबन्धन गर्ने सहमित गरेको हो । ‘जिल्लाको १०२ वटै वडा र दशवटा स्थानीय तहमा गठबन्धन हुनेछ । हामी सोही अनुसार उम्मेदवार खडा गर्नेछौं ।’, कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले वैठक पश्चात् आयोजित पत्रकार सम्मेलनमा भने ।
आवश्यकताकै आधारमा गठबन्धन गरिएको उल्लेख गर्नुहुँदै सभापति लामाले केन्द्रको निर्देशनअनुसार आगामी दिनमा थप कार्य गरिने बताए । मकवानपुरका स्थानीय तहमा शनिबार गठबन्धनका दलका प्रमुखहरुबीच बैठक बस्ने बताइएको छ । जनमोर्चा नेपाल बाहेक गठबन्धनमा आवद्ध सबै दलका जिल्ला नेताको सहभागिता रहेको थियो ।
सभापति लामाले केन्द्रको निर्देशन अनुसार जिल्ला, स्थानीय तह र वडा तहमै गठबन्धनको संयन्त्र तयार गरिने बताए । ‘उम्मेदवारको विषय अहिले टुंगो लागेको छैन । प्रारम्भिक छलफल भएको हो । केन्द्रीय निर्देशन अनुसार हामी अगाडि बढ्नेछौं ।’, उनले थपे । वैठकले कांग्रेस सभापति बुद्ध लामाको संयोजकत्वमा पाँच सदस्यीय सचिवालय बनाउने समेत निर्णय गरेको छ । जिल्लाको सचिवालयमा नेकपा माओवादी केन्द्रका सर्केश घलान, नेकपा ९एकीकृत समाजवादी० श्रीधर पाखरेल, जनता समाजवादी पार्टीका सोनामसिं स्याङ्तान र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सहभागी रहनेछन् ।
यसै प्रकृतिको सचिवालय स्थानीय तह र वडासम्मै निर्माण हुनेछ । वैठकले स्थानीय तह र वडासम्मै गठबन्धनको संयन्त्र निर्माण गर्न आवश्यक वैठक बस्न समेत पार्टीको तल्लो संरचनालाई निर्देशन दिएको छ ।