प्रहर खबर
 २०८३ श्रावण ९, शनिवार    

हेटौंडामा १७ सय मत गणना, कसको पक्षमा कति ?

२०७९ बैशाख ३१, शनिबार १०:४६ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिकामा हालसम्म १७ सय मतगणना गरिएको छ ।

मेयर पदमा गठबन्धनकी उम्मेदवार मिना लामाले ५४० पाउँदा नेकपा एमालेका अन्नत प्रसाद पौडेलले ४९८ मत पाएका छन् । राप्रपाका उम्मेदवार दिपकबहादुर सिंहले ४६० मत ल्याएका छन् ।

त्यस्तै उपमेयर पदमा गठबन्धनका राजेश बानियाँले ७५६, नेकपा एमालेकी सुमित्रा काफ्लेले ६०० र राप्रपाकी इन्दिरा डल्लाकोटीले हलो १२४ मत ल्याएकी छिन् ।