प्रहर खबर
 २०८३ श्रावण ६, बुधवार    

हेटौंडामा लोकसेवा आयोगका एक नक्कली परीक्षार्थी पक्राउ

२०७९ जेठ १९, बिहीबार १३:३१ बजे

हेटौंडा – हेटौंडाबाट एक नक्कली प्ररिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । अर्काको नाममा लोकसेवा आयोगको परिक्षा दिइरहेका पोखरा महानगरपालीका–२ बस्ने ४२ बर्षीय दिपेन्द्र प्रसाद बास्ताकोटीलाई प्रहरीले पक्राउ गरेको हो । 

लोक सेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परिक्षामा महोत्तरी साविक पोखभिण्डा गाबिस बस्ने अभय कुमार यादवको ठाउँमा बास्ताकोटीले परिक्षा दिईरहेको अवस्थामा पक्राउ गरिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

उनलाई परिक्षा स्थल हेटौडा वडा नम्बर १ मा रहेको स्कुलबाट जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार विहान ८ बजे पक्राउ गरेको हो । उनको साथबाट अन्ठाउन्न हजार पाँच सय रुपैया, चार थान फरक ब्यक्तिको नागरिकता र एक थान सवारी अनुमति पत्र बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त सामानहरु बरामद गरी थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।