हेटौंडा – मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा नेकपा एमालेले अग्रता कायम गरेको छ । जारी मतगणनामा एमालेले अध्यक्ष तथा उपाध्यक्ष पदमा अग्रता कायम गरेको हो । एमालेका उम्मेदवार देबकृष्ण पुडासैनी ७२३ मत अन्तरले अगाडि छन् ।
इन्द्रसरोवरमा एमालेका देबकृष्ण पुडासैनी–३४२५ मत प्राप्त गर्नु भएको छ । त्यसैगरी कांग्रेसका विश्वलाल लामाले –२७०२ मत प्राप्त गर्नु भएको छ । यसैगरी उपाध्यक्षमा नेकपा एमालेका उमा लामाले –३३७८ मत प्राप्त गर्नु भएको छ । काग्रेसका निर्मला रुम्बाले २७६६ प्राप्त गर्नु भएको छ । यसैगरी इन्द्रसरोवरमा दुइ वटा वडा एमाले र अरु दुइ वटा वडा एमाले विजयी भएको छ । इन्द्रसरोवर १ र २ मा कांग्रेस र ३ र ४ मा एमालेका वडा अध्यक्ष सहित प्यालनै विजयी भएका छन् ।