हेटौंडा – दुई दशकदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याउन माग गर्दै नेकपा बहुमत मकवानपुरले प्रदर्शन गरेको छ ।
मंगलबार दिउँसो पार्टीको ‘आत्मनिर्भर अर्थव्यवस्थाको जग खडा गरौँ, राष्ट्रिय उद्योगहरूको संरक्षण, विकास र विस्तार गरौँ ’ भन्ने राष्ट्रिय उद्योग संरक्षण अभियान अन्तर्गत हेटौंडा स्थित कपडा उद्योगमा प्रदर्शन गर्दै उद्योग सञ्चालन र संरक्षण गर्न माग गरेको हो ।
हेटौंडाको कर्रा पुलबाट र्यालीसहित उद्योग परिसर पुगेर कोणसभामा परिणत भएको कार्याक्रमलाई पार्टीका जिल्ला इन्चार्ज धुब्र खड्काले सम्बोधन गरेका थिए । उनले सरकारले कमिसनको खेलमा नीजि उद्योग सञ्चालनलाई प्रत्साहन गरेर राष्ट्रिय उद्योगहरुलाई धरासायी बनाएको बताए ।
उनले सरकारले राष्ट्रिय उद्योगहरुलाई संरक्षण नगर्दा अर्थतन्त्र धरासायी बन्दै गएको र राष्ट्र परजीवि अर्थतन्त्र तर्फ धकलिएको आरोप लगाए । उनले बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगलाई सरकारले सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।