हेटौंडा – पोखरा हिडेका मकवानपुरका एक युवक सुक्लागण्डकीबाट पक्राउ परेका छन् । मकवानपुर कैलाश गाउँपालिका–६ गोगने ककनी घर भएका २८ वर्षीय विश्व कार्की करिब २ केजी अवैध लागूऔषध गाँजा सहित पक्राउ परेका हुन् ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ३८७३ नम्बरको माईक्रो बसमा सवार कार्कीलाई २ केजी अवैध लागूऔषध गाँजा सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मकवानपुरको कैलाश गाउँपालिका घर भएपनि कार्की पोखरा महानगरपालिका–६ लेक साईडमा बस्दै आएका थिए । उनी काठमाडौंबाट पोखरा जाने क्रममा तनहुँ सुक्लागण्डकी नगरपालिका–२ कोत्रेबाट उक्त लागुऔषध गाँजा सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।