प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा मोटरसाइकल एकआपसमा ठोक्किदा एकको मृत्यु, दुई घाइते

२०७९ असार १६, बिहीबार १३:३० बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ मा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।

बिहिबार दिउँसो कान्तिलोकपथ राजमार्ग अन्तर्गत क्याम्पाडाँडाबाट हेटौंडा बजार आउँदै गरेको ना ५१ प ७३५९ नंबरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३००४ प १५९९ नंबरको मोटरसाईकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु र दुई जना घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

मृत्यु हुनेमा बागमती प्रदेश ०३–००४ प १५९९ नम्बरको मोटरसाइकल चालक हेटौंडा–१८ फुर्केचौरका २५ वर्षीय विशाल थापा रहेका छन् । उनको उपचारको क्रममा संचो अस्पतालमा मृत्यु भएको प्रवक्ता कार्कीले बताए ।

दुर्घटनामा घाइते भएका ना ५१ प ७३५९ नंबरको मोटरसाइकलमा सवार २५ वर्षीय लक्ष्मण आचार्य र २३ वर्षीय सुमन थापाको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।